स्थानीय पाठ्यक्रमका आवश्यकता र चुनैतीहरु

सन्दीप के.सी.
नेपालको संविधान २०७२ ले तीनतहको सरकारको अवधारणालाई लागू गरे पश्चात स्थानीय संस्कृती, जनजीवन, भुगोल जस्ता पक्षलाई समेटेर स्थानिय तहले पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने ब्यवस्था गरिएको छ। स्थानीय आवश्यकताको आधारमा स्थानिय नागरिकको अपनत्व हुने गरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गरिएको पाठ्यक्रमले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्दछ भन्ने मान्यता रहेको छ। संविधान द्वार प्रदत्त हक प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने उधिकार सुनिश्चित गर्न यसको आवश्यक्ता परेको हो। स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उदेश्य यो पाठ्यक्रमको रहेको देखिन्छ।

“स्थानीय सरकार सञ्चालन ऐनले स्थानीयस्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने उदेश्यले विद्यालय तहको शिक्षा सञ्चालनको जिम्मेवार स्थानीय सरकारलाई सुम्पिएको छ। पर्याप्त बिज्ञ जनशक्तिको अभाव र अनुभवी शिक्षकको कमीका कारण धेरै स्थानिय तहहरुलाई स्थानिय पाठ्यक्रम निर्माण र उपयोग अझै चुनौतीको विषय बनेको छ ।”

बिगतमा सबैका लागि शिक्षा तथा माध्यमिक शिक्षा सहयोग कायक्रमले दश देखि पन्ध्र प्रतिशत सम्म स्थानीय पाठ्यक्रममा जोड दिएको थियो ।स्थानीय सरकार सञ्चालन ऐनले स्थानीयस्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने उदेश्यले विद्यालय तहको शिक्षा सञ्चालनको जिम्मेवार स्थानीय सरकारलाई सुम्पिएको छ।पर्याप्त बिज्ञ जनशक्तिको अभाव र अनुभवी शीक्षकको कमीका कारण धेरै स्थानिय तहहरुलाई स्थानिय पाठ्यक्रम निर्माण र उपयोग अझै चुनौतीको विषय बनेको छ। हाल प्राथमिक शिक्षा पाठ्यक्रम २०६० को दिर्घकालिन सोचमा विद्यालय क्षेत्र सुधार तथा विद्यालय क्षेत्र विकास कार्यक्रमले स्थानीय पाठ्यक्रम विकास र सुधारमा जोड दिनु पर्ने उल्लेख गरेको छ ।

हरेक स्थानिय तहले आफ्नो स्थानिय तहको लागि २० प्रतिशत पाठ्यभारको पाठ्यक्रम र पाठ्यसामग्री विद्यालय आफैंले निर्माण गर्न सक्ने ब्यवस्था गरिएको पाइन्छ।यसै अवधारणा अनुरुप प्राथमिक तहमा मातृभाषाको पठनपाठन गरायनु पर्ने र यदि त्यो पक्ष सम्भव नभएमा विद्यालयहरुमा स्थानीय तहका लागि उपयोगी पेसा, व्यवसाय, सिप र प्राविधिक विषयहरु जस्तो माटोको काम, चोयाको काम, कागजको काम, धातु, काठ, ऊनी, राडीपाखी, तरकारी खेती,करेसाबारी, फलफूलआदि स्थानीय विषय छनौट गरी पठनपाठन गराउन सकिने भनिएको छ ।स्थानिय तहको पाठ्यक्रमका क्षेत्रहरुमा  व्यावसायिक क्षेत्र अन्तर्गत कृषि, पंछी तथा पशुपालन, उद्योग, पर्यटन, जडिबुटी, व्यापार, आयआर्जनका क्षेत्रहरु समेट्नु पर्छ। त्यसैगरी भूगोल, इतिहास, पुरातत्व, धर्म, जातजाति, भाषाभाषी, प्रकृति र वातावरण संरक्षण, सूचना तथा सञ्चार प्रविधि, खेलकूद, कला, संगीत तथा स्थानीय प्रविधि आदी समेत समेटेर पाठ्यक्रम निर्माण गर्न सकिन्छ।
स्थानिय स्तरमा सबैभन्दा बढी व्यक्तिले चाहेको र स्थानीय आवश्यकताको विषय छनौट गरी स्थानीय तहका सरोकारवाला, विज्ञको सल्लाहमा स्थानीय तहको पाठ्यक्रम विकास गर्न सकिन्छ। पाठ्यक्रम निर्माण गर्दा कक्षागत सिकाइ उपलब्धि निर्धारण गर्नु पर्छ। जसमा विशिष्ट किसिमको क्रियापद प्रयोग गरी स्थानीयस्तरका विषयवस्तुसँग मेल खाने हुनु पर्दछ । यसरी पाठ्यक्रममा निर्माण गर्दा विद्यार्थीको उमेर, बालमनोविज्ञान, समुदाय, स्थानीय स्रोत र साधनको उपलब्धतालाई ध्यानमा राखी पाठ्यक्रम बनाउनु पर्दछ । स्थानिय तहको पाठ्यक्रम सिकाइलाई बालमैत्री बनाउन पाठ्यक्रमले निर्धारण गरेका सक्षमता पुरा गर्न शिक्षण विधि, शिक्षण प्रक्रिया स्पष्ट गरिनु पर्दछ ।

स्थानिय तहको पाठ्यक्रम निर्माणले राखेका उदेश्यहरु अत्यन्त प्रभावकारी र महत्वपुर्ण हुँदा हुँदै पनि बढ्दो आन्तरिक बसाई सराईका कारण शहरी क्षेत्रका स्थानीय तहमा विकास हुने पाठ्यक्रमले ग्रामिण क्षेत्रबाट शहरी क्षेत्रमा आई अध्ययन गर्ने बालबालिकाको मनोभावना कठिन हुने देखिन्छ।जनशक्तिको अभावका कारण सबै स्थानीय तहमा विकास र कार्यान्वयन गरी उपयोग गर्न कठीनाई भएको छ।धेरै स्थानीय तहले निजी बिध्यालयको सिको गर्दै अंग्रेजी भाषा प्रति मोहका कारण अंग्रेजी र कम्प्युटर विषयलाई स्थानीय पाठ्यक्रमका रुपमा प्रयोग गरेको देखिन्छ। स्थानिय पाठ्यक्रमको कार्यान्वयन गर्न सक्षम जनशक्तिको अभावका कारण समस्या देखिएको छ।

स्थानीय पाठ्यक्रम निर्माण गर्दा राज्यले बनाएको नीति तथा नियमका आधारमा रहि पाठ्यक्रम निर्माण गर्नु पर्ने देखिन्छ। तर धेरै स्थानिय तहहरुले केन्द्रको मर्मलाई विर्सिएर आ(आफ्नै अनुभवका आधारमा स्थानिय पाठ्यक्रम निर्माण गरेको पाइन्छ । शिक्षाका राष्ट्रिय उदेश्य तथा तहगत यदेश्य समेतलाई स्थानिय पाठ्यक्रमले समेट्ने गरी विकाश गर्न सकेमा यसले समयको मागलाई पुरा गर्न सक्ने देखिन्छ । शिक्षकहरुले स्थानिय पाठ्यक्रम अध्यापन गराउँदा बाहिरबाट आएका शिक्षकले आफैंमा स्थानिय तहको भुगोल तथा सँस्कृतीको ज्ञानको अभावमा पुर्ण ज्ञान दिन नसक्ने भएकोले स्थानिय क्षेत्रकै शिक्षकको ब्यवस्था गर्नु पर्ने देखिन्छ ।
                                                         (लेखक बिगत १७ बर्ष देखि प्राध्यान पेशामा आवद्ध हुनुहुन्छ।)