खानीखोला र महाभारतमा एकै दिन तीन आयोजना शिलान्यास, आधा दर्जन निरिक्षण

काभ्रे । काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा एकै दिन तीन आयोजना शिलान्यास गरिएको छ । विहिबार वागममती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले एकै दिन ३ आयोजना शिलान्याश गरेका छन् भने आधा दर्शन आयोजनको निरिक्षण गरेका छन । खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल, जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) र देविटारमा रहेको वनखुखोला सडक पुलको शिलान्यास गरिएको हो । यस्तै दुई पािलकामा सञ्चालित आधा दर्जन आयोजनाको निरिक्षण गरिएको छ । उक्त कार्यक्रममा मन्त्री दुलालसँगै, वागमती प्रदेश सांसद रत्न ढकाल, पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, पुर्वाधार कार्यालय धुलिखेलका प्रमुख राजु श्रेष्ठ लगायत स्थानीयको उपस्थिती रहेको थियो ।
तीन आयोजना शिलान्यास तथा आधा दर्शन आयोजना निरिक्षाण गर्दै मन्त्री दुलाले जिल्लाकै विकट क्षेत्रको पहिचान बनाएको खानीखोला र महाभारत गाउँपालिका सुगम बन्दै गएको बताएका छन । विगतमा पछाडी परेका र पारिएका क्षेत्रमा विकासले फड्को मारेको उनको दाबी छ ।

खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल निर्माणसँगै वर्षाको समयमा नाकाबन्दीमा पर्ने खानीखोला गाउँपालिकामा आवतजावतमा सहज हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताएका छन । भ्याट सहित ५ करोड, ८२ लाख ९७ हजार ५ सय ६५ रुपैयाँमा निर्माण सम्झौता भएको हो । जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जे.भी.काठमाण्डौले निर्माणको जिम्मा पाएको छ । सम्झौता अन्ुसार २ वर्ष अर्थात २०८२ असोज २४ गते सम्पन्न गर्नुपर्नेछ ।
यस्तै जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) को पनि शिलान्यास गरिएको छ । मन्त्री दुलालले उक्त सडकखण्डको शिलान्यास गरेका हुन् । सन्तोषी÷धर्म एस.जे.भी ले उक्त सडक निर्माणको जिम्मा पाएको छ । भ्याट सहित ३९ करोड ७४ लाख ५५ हजार १८ रुपैयाँमा निर्माण सम्झौता भएको हो । २०८० असोज ४ गते १८ महिना अर्थात २०८१ साल चैत ३ गते निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

यस्तै महाभारत गाउँपालिका वडा नम्बर १ र ३ जोड्नेगरी बन्खु खोलामा पुल निर्माण हुनेभएको छ । विहिबार मन्त्री दुलालले उक्त पुलको शिलान्यास गरेका हुन् । जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जे.भी.ले भ्याट सहित ७ करोड ७ लाख ९९ हजार ९ सय ४६ रुपैयाँमा पुल निर्माणको ठेक्का हात पारेको छ । २०८० असोज २५ गते पुल निर्माण सम्झौता भएको थियो । २०८२ असोज २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल र सडक निर्माणले जिल्लाको विकट महाभारत क्षेत्रको समृद्धिमा ठुलो योगदान गर्ने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

विहिबार नै काभ्रे र मकवानपुर जोड्ने सिक्रेदोभानको पुलको पनि निरिक्षण गरिएको छ । मन्त्री दुलाल सहित पुर्व मन्त्री एवं प्रदेश सांसद रत्न ढकाल, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतले पुलको निरिक्षण गरेका हुन् । मन्त्री दुलालले पुल निर्माण अत्यन्त्रै सुस्त गतिमा भएको भन्दै छिटो थपिएको समयमा पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन । यस्तै उनले आवश्यक सहजकिरणका लागि मन्त्रालय तयार रहेको पनि बताए । गाउँपालिका अध्यक्ष थिङले भने खानीखोला, महाभारत क्षेत्रलाई प्रदेश राजधानी हेटौंडासँग जोड्ने उक्त पुल निर्माण नहुँदा सास्ती खेप्नु परेको गुनासो गरेका थिए ।
यता, महाभारतमा भएको सडक कालोपत्रे, निर्माणधिकन आयोजनाको समेत मन्त्री दुलाल अवलोकन गरेका छन । उनले सुरु भएको लामो समयसम्म पनि प्रगती नदेखिएका आयोजनको ठेक्का तोड्ने प्रदेश सरकारको योजना रहेको भन्दै अन्तिम अवसरको सदुपयोग गर्दै समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन ।
विकास निर्माणले गति लिएको महाभारत र खानीखोला गाउँपालिकामा निर्माण ब्यवसायीहरुको असहयोग र ढिलासुस्तिका कारण विनियोजित बजेट कार्यान्वयन हुन नसकेको मात्रै होईन नागरिकहरुले पनि सास्ति ब्यहोरेका छन् । महाभारत गाउँपालिकाको कालोपत्रे सडक निर्माणका लागि उक्त खण्ड दोश्रो हो । पहिलो खण्ड तीनखुट्टे देविटार सडकको कार्य भईरहेको छ । निर्माण ब्यवसायीको चरम लार्पवाही र ढिलासुस्तिका कारण म्याद सकिएको बर्षाै भईसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । तिनखुट्टेमा निर्माण हुँदै गरेको पुल पनि अलपत्र छ । बागमती खोलामा निर्माण शुरु भएको मकवानपुरसँग जोडिने पुल पनि अलपत्र अवस्थामा छ ।