काभ्रे सेवा समाजले थाल्यो छलफलःस्वदेशमा युवा विद्यार्थी कसरी रोक्न सकिन्छ ?

स्वदेशमा युवा विद्यार्थी कसरी रोक्न सकिन्छ ?
काभ्रे सेवा समाजले ग¥यो इन्द्रेश्वर क्याम्पसमा छलफल
रामकृष्ण चापागाई
पनौती
विद्यालय स्तरको पढाई नसकिदै आम विद्यार्थीहरुले विदेश जाने धारणा बनाउन थालिसकेको सन्दर्भमा पनौतीमा रहेको ईन्द्रेश्वर क्याम्पस तथा काभ्रे सेवा समाजले विद्यार्थीहरुलाई सरकारी सेवा सम्बन्धि जानकारी मुलक कार्यक्रम शुुरु गरेको छ । कार्यक्रममा विभिन्न सरकारी सेवाबाट अवकास प्राप्त प्रशिक्षकहरुद्धारा विद्यार्थीहरुलाई स्वदेशमै प्राप्त अवसरलाई कसरी प्राप्ती गर्ने भन्ने बारेमा जानकारी दिनुका साथै विद्यार्थीहरुलाई आफ्नो क्षमता अनुसार स्वदेशमा काम गर्न प्रेरणा समेत प्रदान गरिने काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले बताए ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्नो पढाईका साथै लोकसेवा आयोगले लिने परिक्षामा समेत सामेल हुन प्रेरणा दिदै निजामति, सुरक्षा स्वास्थ्य लगाएत विभिन्न सेवा प्रवेशको बारेमा जानकारी गराईन्छ । शुक्रवार आयोजित कार्यक्रमममा पुर्व सहसचिव प्रदिपराज कणेँलले भने– ‘विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार अवसरको खोजी र प्रतिस्पर्धा गर्नु पर्छ । एउटा व्याचलर गरेको युवा विद्यार्थीले परराष्ट्रमा शाखा अधिकृत पास भए १५÷१६ वर्ष पछि त्यो व्यक्ति अमेरिकाको राजदुत सम्म हुन सक्छ ।’ पुर्व सहसचिव कँणेल भन्छन– ‘अहिले विद्यार्थीहरुले भाडा माझ्न परेपनि जसरी पनि म अमेरीका जन्छु भनेर प्रयास गर्ने की अहिले शाखा अधिकृत भएर अमेरीकाको राजदुत सम्म हुन्छु भनेर प्रयास गर्ने ? ।’ आफ्नो क्षमता अनुसार हरेक क्षेत्रमा अब्बल बन्न सकिने भन्दै उनले विद्यार्थीहरुलाई लोकसेवाले लिने परिक्षा बारेमा जानकारी राख्न आग्रह गरे । दश जोड दुई पास भएको र २२ वर्ष उमेर ननाघेको व्यक्ति सेनामा अफसिर हुन सक्ने भन्दै पुर्व कर्णेल सुर्य अधिकारी भन्छन– सेनामा आफ्नो क्षमता अनुसार सेना, प्रहरी लगाएत सुरक्षा निकायमा समेत प्रसस्त अवसरहरु भएकोले विद्यार्थीहरुले बेलैमा सोच विचार गरेर सेवा प्रवेशमा प्रयास गर्नुपर्छ । विद्यार्थीहरुले आफ्नो पढाई सगै सरकारी सेवा प्रवेशको पनि तयारी गर्नु पर्ने बताउदै इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाल भन्छन– विद्यार्थीहरु विदेश पलाएन हुने सोचलाई हटाएर स्वदेशमा प्राप्त हुन सक्ने अवसरहरु प्रति प्रतिस्पर्धा गर्न सक्ने बन्नुपर्छ । विद्यार्थीहरुलाई सरकारी सेवा सम्बन्धि जानकारी मुलक कार्यक्रममा डिफेन्स क्यारियर एकेडमीका स्रोत व्यक्ति पुर्व डिआजि पुर्ण सिंह खड्का, पुर्व एसएसपी गुप्त वहादुर श्रेष्ठ, काभ्रे सेवा समाजका महासचिव पुर्व एसएसपी राघव सिंह थापा लगाएतले विद्यार्थीहरुलाई सेवा प्रवेशबारे जानकारी गराएका थिए ।

आयोजकले इन्द्रेश्वर क्याम्पसको अलावा अन्य क्याम्पसका विद्यार्थीहरुलाई पनि यस्तो स्वदेशमै रोजगारीको अवसर प्राप्त गर्न र प्रतिस्पर्धि बन्न प्रोत्साहन गर्न नियमित कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।