नेपाल बार दिवस धुलिखेलमा (तस्बिरहरु)

स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा, सक्षम कानून व्यसायी पेशागत मर्यादा भन्ने नारा सहित नेपाल बार दिवस (बार–डे) २०८० मनाइएको छ । काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा प्रधान न्यायाधिश विश्वम्भर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको छ ।
उपत्यका बार एशोसिएशन, उच्च अदालत पाटन बार एशोसिएशन, काठमाडौं जिल्ला अदालत बार एशोसिएशन, भक्तपुर जिल्ला अदालत बार एशोसिएशन, ललितपुर जिल्ला अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एसोशिएशनको आयोजनामा नेपाल बार दिवस मनाइएको हो ।
दिवसको अवसरमा धुलिखेल वसपार्कबाट नगरपालिका सभाहलसम्म बाजागाजासहित पदयात्रा गरिएको काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
कार्यक्रममा काभ्रेपलाञ्चोक बार एशोसिएशनका अध्यक्ष सापकोटाको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन काभ्रे बारका निरोज नेपालले गरेका थिए ।
तस्बिरहरुः


