जन्म दिनमा काँग्रेसका युवा नेता बैद्यले गरे शहिद परिवारको सम्मान, खुल्ला रक्तदान र स्वास्थ्य शिविर
बनेपा÷नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधिर बैद्यले जन्म दिनको अवसर पारी बनेपामा खुल्ला रक्तदान, स्वास्थ्य शिविरका साथै बनेपाका शहिद परिवारका सदस्यलाई सम्मान गरेका छन् ।
बनेपामा २०४६ सालको परिवर्तनका लागि भएको आन्दोलनमा प्रहरीको गोलीबाट बासुदेव मुस्याजुले ज्यान गुमाएका थिए । कार्यक्रममा बासुदेव मुस्याजुको ममतामयी माता जेष्ठ सदस्य रामकुमारी मुस्याजुको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बनेपाकै मुकेश कायश्थ २०६२÷२०६३ को आन्दोलनमा प्रहरीको गोलीबाट १६ वर्षसम्म जिउँदो शहिदका रुपमा रही एक वर्ष अघि मात्रै वितेका थिए । उनकी आमा मिरा कायश्थ र बासुदेव मुस्याजुको आमा रामकुमारीलाई सोहि अवसरमा सुधिर बैद्यले सम्मान गरेका थिए ।
खुल्ला रक्तदान कार्यक्रममा १ सय ५ जनाले रक्तदान गरेका थिए भने तीन सय भन्दा धेरै जनाले स्वास्थ्य परीक्षण गरेका थिए । सोहि कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु राम जोशी, रविन शाक्य, महेश कर्माचार्य, बुद्धिकृष्ण घिमिरे, संजोग श्रेष्ठले युवाहरुले गर्ने कार्यले सकारात्मक सन्देश जानु पर्ने बताएका थिए ।
शहिद मुकेश कायश्थको आमा मिरा कायश्थले मुकेशले परिवर्तनका लागि दिएको ज्यानको उपलब्धी आम युवाहरु स्वदेशमै बसेर केहि गर्न सक्ने अवस्थाको मुलुक समृद्ध र स्वतन्त्रता सहितको हुनु पर्ने बताईन् ।