नेपाल पब्लिक क्याम्पस संघ काभ्रेको अध्यक्षमा सागरमणी तिवारी निर्वाचित
नेपाल पव्लिक क्याम्पस काभ्रेको चौथो अधिबेशन बाट सागर मणी तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । उपाध्यक्षमा जयराम कर्मचार्य, सचिब सेमन्त भण्डारी, सह सचिब हरिहर अधिकारी, कोषाध्यक्ष परशुराम कडेल सदस्यहरुमा पुजन श्रेष्ठ, राजेश तिमल्सिना, संजीब भण्डारी, तुलसी चौलागाई, शशी बोलखे, ईन्द्र प्रसाद गौतम,चिरन्जीबी अधिकारी, सिताराम नेपाल, सुरेन्द्र प्रसाद पौडेल र भवनाथ वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
अधिबेशनको नेपाल पब्लिक क्याम्पस केन्द्रिय अध्यक्ष सत्रुघन प्रसाद गुप्ता प्रमुख अतिथ्यता सम्पन्न भएको थियो । प्रमुख अतिथी गुप्ताले राज्यले नै शिक्षा सम्बन्धि नयाँ नियम र ऐन नल्याई विाद्यार्थीहरुलाई रोक्न सक्ने अबस्था नरहेको बताए । विद्यार्थीहरुलाई नेपालमा पनि पढेर केहि गर्न सकिन्छ भन्ने बाताबरण बनाउनु पर्ने उनले बताए ।
कार्यक्रममा महासचिव गोबिन्द बहदुर कार्की निबर्तमान अध्यक्ष शिबराज सन्जेल, तेजगंगा बहुमुखी क्याप्पसकी संस्थापक क्याम्पस प्रमुख डाक्टर अम्भुभवानी कार्की लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।