धुलिखेलको होटल तथा खाद्यान्न पसलमा अनुगमन

काभ्रे/काभ्रेको धुलिखेल नगरपालिकाभित्र संचालित होटल तथा खाद्यान्न पसलहरु अनुगमन गरिएको छ । आइतबार धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम,सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यज्ञ वली, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मनिषा चापागाई लगायतको टोलीले बजारका होटल तथा खाद्यन्न पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा धुलिखेलमा रहेको छाप्रो होटलको भान्छा फोहोर भेटिनुको साथै बेलुकाको बासी खानालाई नयाँ चामाल थपेर पकाउने गरेको पाइएको छ । त्यसैगरी धुलिखेलको सारथी मार्टमा म्याद नाघेको केहि खान्द्यान्न जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यक्ष वलीले जानकारी दिनुभयो । सँगैकोबर्गर हाउसको किचन सफा नभएको र बिना मापदण्ड गुणस्तरहितन रंग प्रयोग गर्ने गरेको भेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख मनिषा चापागाईले जानकारी दिनुभयो । धुलिखेल बजारका केहि होटल तथा खाद्यन्न पसलमा अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा फोहोर भएको पाइएको छ ।
‘प्रायःहोटलका बाहिर सफा हुन्छन तर भित्र भान्सा हेर्दा राम्रा भनिएका,चल्ने होटलहरुका भान्साहरु फोहोर भेटिए,’ चापागाईले भन्नुभयो ‘हामीले एकपटकलाई सफा राख्न सल्लाह दिएका छौँ र फेरि त्यस्तै भेटिए कारबाही गर्छौं ।’