रयालेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

पनौती नगरपालिका वडा नम्बर–१ स्थित बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा ४५ वर्षीय मंगल बहादुर श्रेष्ठको मृत्यु भएको छ । मध्यान्ह १२ बजेको समयमा पनौती गरपालिका वडा नम्बर १ स्थित बुढापोखरीबाट पर्खालचौर तर्फ जादै गरेको बा ४१ प २५३२ नं. को स्कुटर आफै अनियनत्रीत भई सडकबाट अँदाजी १५÷२० फिट तल खसेको थियो ।
स्कुटर दुर्घटनामा चालक सोही स्थान बस्ने बर्ष ४५ का मंगल बहादुर श्रेष्ठको घट्ना स्थलमा नै मृत्यु भएको हो । स्कुटरमा सवार सोही स्थान बस्ने बर्ष ३० का कुमार श्रेष्ठ घाईते भएका छन् । उनलाई थप उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याइएको छ । उनको टाउकोमा चोट लागेको छ ।