सन्त नेता भट्टराईको शताब्दी जन्मजयन्ती आज धुलिखेलमा मनाइयो
धुलिखेल /सन्त नेता भट्टराईको शताब्दी जन्मजयन्ती आज धुलिखेलमा पनि मनाइएको छ । प्रजातान्त्रिक नागरिक समूहद्वारा आयोजित उक्त कार्यक्रम भट्टराईको तस्विरमा माल्र्यापण गरी मनाइएको हो । कार्यक्रममा उनको सादगी जीवन र योगदानका बारेमा स्मरण गरिएको थियो । कार्यक्रमको संयोजन बुद्धराम वयजुले गरेका थिए ।
सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुपमा नेपाली जनता माझ परिचित थिए । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए ।
वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो । नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन् ।