विद्यार्थीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखाल जोरपाटी माविका प्रअ सहित दुई शिक्षक पक्राउ

 

काभ्रे । विद्यार्थीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रधानाध्यापक सहित दुई जना शिक्षक पक्राउ परेका छन । पाँचखाल नगरपालिका तीनपिप्ले स्थित जोरपाटी माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र मावि शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई पटक–पटक यौन दुव्र्यवहार गरेको खुलेको छ । घटना बाहिरीएपछि अभिभावक र विद्यार्थीले विद्यालयमा दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका छन । कार्तिक ११ गते छात्रालाई बनेपाको एक होटलमा बोलाई शिक्षक द्धयले जवरजस्ती करणी गरेका थिए । पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याइएको प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।