आभाष साकोसका सदस्यहरुका लागि खुसीको खबर

आभाष साकोस र शिर मेमोरियल एड्भान्टिष्ट अस्पतालबीच अस्पतालबाट प्रवाह हुने सेवामा छुट दिने सहमती भएको छ । संस्थामा आवद्ध सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सम्पुर्ण सेवामा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौता पौष १६ गतेबाट लागु हुने साकोसका अध्यक्ष दिनेश कायस्थले जानकारी दिएका छन । कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश कायस्थ, प्रमुख कार्यकारी अधिकृत सुवास वैद्य र अस्पतालका प्रतिनिधिको उपस्थिती रहेको थियो । आभाष साकोसले २०७४ सालदेखी छोरी अभियान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

यस वर्षपनि संस्थाको १४ औं वार्षिकोत्सवको अवसरमा मंसिर १४ गते शिर मेमोरियल अस्पतालका जन्मिएको पहिलो छोरीलाई सम्मान गरिएको थियो ।