विपी राजमार्ग अन्तर्गत पनौती–५ सुन्दर बस्तीमा गाडी दुर्घटना, ९ जना घाइते

विपी राजमार्ग अन्तर्गत पनौती नगरपालिका–५ सुन्दर बस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन । सर्लाहीबाट काठमाडौं तर्फ आउदै गरेको बागमती प्रदेश ०४–००१ ज ००११ नं. को ईलेक्ट्रिक गाडी आफै अनियन्त्रीत भई सडकबाट खसेको थियो ।

दुर्घटनामा परी ३ जना महिला र ६ पुरुष घाईते भएका छन । घाइते हुनेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ बस्ने बर्ष अन्दाजी २१ की बिमला खड्का, सिन्धुली कमलामाई नगरपालिका १५ बस्ने बर्ष अन्दाजी २३ की महिला, सिन्धुली कमलामाई नगरपालिका–१५. बस्ने बर्ष अन्दाजी ५५ की सोम माया घिसिङ रहेका छन । यस्तै भारत सितामणी जिल्ला घर भएका बर्ष २८ का सुदन चौधरी, सिन्धली कमलामाई नगरपालिका–१५, बस्ने बर्ष अन्दाजी १८ का गुड्डु चौधरी, सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने बर्ष अन्दाजी १६ का भुवन परियार, सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने बर्ष अन्दाजी २० को दिपेश राउत, सर्लाही कवलासी न.पा.६ बस्ने बर्ष अन्दाजी १९ को बिकास साह र सर्लाही कवलासी नगरपालिका ६ बस्ने बिजय साह घाइते भएका छन । चालक सिन्धुली कमलामाई न.पा.२ बस्ने बर्ष अन्दाजी ३६ का चन्द्र बहादुर भट्टराई प्रहरीको नियन्त्रणमा छन् । उनको शरिरमा भित्रि चोट लागेको छ भने अवस्था सामान्य छ । 

घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । गाडी सडकबाट करिव ४० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।