पाँचखालमा बन्ने महिला उद्यमी हरित औधोगिक पार्कको सन्र्दभमा नगरपालिकालको ध्यानाकर्षण

पाँचखाल/नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा निर्माण हुन लागेको प्रथम महिला उद्यमी हरित औधोगिक पार्क निर्माणका सन्र्दभमा उठेका विषयमा पाँचखाल नगरपालिकाले विज्ञप्ती प्रकाशित गरी स्पट पारेको छ । 
मसिंर २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा।प्रकाशरण महतले उक्त पार्कको शिलान्यास गरेका थिए । पार्कको डिपिआर तथा अन्य कार्यमा पारदर्शी नभएको भन्दै महिला उद्यमीहरुले प्रश्न उठाएको विषयलाई नगरपालिकाले स्पष्ट पारेको  नगर प्रमुख महेश खरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । (पूर्ण विवरण विज्ञप्तीमा)