नमोवुद्ध–१ का पुर्व वडा अध्यक्षको निसासिएर मृत्यु

काभ्रे । नमोवुद्ध नगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष कर्मा ग्याल्बो लामाको निसासिएर मृत्यु भएको छ । ८२ वर्षीय पुर्व वडा अध्यक्ष लामा र उनको श्रीमती असनी माया नमोवुद्ध नगरपालिका वडा नम्बर १ श्यामपाटी स्थित आफ्नै घरमा इलेक्ट्रिक हिटर र कोइला बालेर सुतेका थिए ।
उनीहरु दुवै जना आज विहान ७ः३० बजे अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा उपचारका लागी धुलिखेल अस्पतालमा ल्याइएको थियो । श्रीमान कर्मको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनको श्रीमती ८२ वर्षीया असनी मायाको भने होस खुलेको छैन । उनको धुलिखेल अस्पताल उपचार भइरहेको छ ।