अब विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डा हुँदैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वविद्यालयमा राजनीतिक भागवण्डा नहुने बताएका छन । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताएका हुन ।

उनले अब विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डा नहुने समेत बताए । उनले संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताएका छन । उनले भने, ‘अब मेरिटोक्रेसी सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थान बिन्दु हुनेछ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् ।