जलवायु परिवर्तन: सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व सम्बन्धि सम्मेलन शुरु

हेटौंडा / जलवायु परिवर्तनस् सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक बागतमी प्रदेश स्तरीय सम्मेलन बागमती प्रदेशको राजधानी हेटौंडामा शुरु भएको छ । सम्मेलनको उद्घाटन प्रदेश सभा उप सभामुख अप्सरा चापागाईंले एक कार्यक्रमका बीच गरेकी छिन ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकुलनका उपाय तथा अबका दिनमा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा जलवायु परिवर्तन र अनुकुलनको लागि भएका नीतिगत व्यवस्था र सरकारले बजेट व्यवस्थापनमा कसरी जलवायु परिवर्तन र सीमान्तकृतको सवाललाई सम्बोधन हुने गरि अनुकुलनका कार्यक्रम सम्बन्धि संचारमाध्यममा भईरहेका रिपोर्टिङ्गका विषयमा अनुभव साटासाट गर्ने तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका बिषयमा छ्लफल हुने छ ।

सम्मेलनको उद्घाटन कार्यक्रममा चितवन सक्रिय महिला प्रतिस्ठानका कोषाध्यक्ष रन्जु घिमिरेको अध्यक्षता तथा प्रतिमा सिलवालले संचालन गरेकी थिईन । कार्यक्रममा प्रदेश सभा सदस्य भारती पाठक, माडी नगरपालिका चितवनका प्रमुख ताराकाजी महत्तो, सामाजिक बिकास मन्त्रालयका उप सचीव खुबीराम अधिकारी, गैसस महासंघ प्रदेश अध्यक्ष आरती पाठक, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, स्थानीय तहका वडा अध्यक्षहरु, सहयोगी संस्था एक्सन एडका परियोजना अधिकृत कविता बस्नेत, मकवानपुर महिला समुहकी अध्यक्ष निशा लामा लगायतले जलबायु परिवर्तनले पारेको असरका बारेमा धारणा राखेका थिए ।

नेपाल सरकारले विभिन्न समयमा गरेका प्रतिबद्धता कार्यान्वयनमा कस्तो अवस्था छ रु फोहोर ब्यबस्थापन, वातावरण सफा राख्न के प्रयास भएका छन रु जल, जमिन, जंगल र भुमिमा पारेको प्रभावका सन्दर्भमा सम्मेलनमा छ्लफल हुनेछ ।