चौरीदेउराली गाउँपालिकाको कर्मचारी निवासमा आगलागी

काभ्रेको चौरीदेउराली गाउँपालिकाको कर्मचारी निवासका आगलागी भएको छ । चौरिदेउराली गाउँपालिका वडा नम्बर ५ स्थित ढाडखर्क प्राथमिक विद्यालय धुसेनी हालको गाँउपालिकाको कर्मचारीहरुको निवासमा अचानक बिधुतको तार सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

लागलागीबाट २ वटा कोठामा आंशिक क्षति भएको छ । क्षतिको थप विवरण भने आउन बाँकी छ । उक्त स्थानमा स्थानमा प्रहरी चौकी ढाडखर्क बाट खटिएको प्रहरी, कर्मचारी र स्थानिय को सहयोगमा आगो नियन्त्रणमा आएको छ ।