पनौती नगर प्रहरीको ७ महिनामा ६ काम
विकास तिमल्सिना
पनौती नगरप्रहरीले ७ महिनामा ६ वटा काम गरेका छन । गत जेठ १८ गतेबाट ७ जनाले पनौती नगरप्रहरीको रुपमा काम सुरु गरेका थिए । ७ महिनाको अवधिमा ६ वटा महत्वपुर्ण काम गरिएको नगर प्रहरीको दाबी छ ।
नगरप्रहरीको सकृयतामा पनौती बसपार्क क्षेत्रमा रहेको फुटपाथ व्यवस्थापन, खानेपानीको महसुल नतिर्नेलाई पत्र वुझाउने, अव्यवस्थित रुपमा राखिएको होर्डिङ बोर्ड हटाउने, नक्सापास विना संरचना निर्माण गर्नेलाई सोधपुछ गर्ने, जात्रापर्वमा समन्वयकारी भुमिका निर्वाह तथा सरसफाईको क्षेत्रमा काम सुरु गरिएको पनौती नगरप्रहरी इन्चार्ज रविन्द्र थापाले जानकारी दिए । पुण्यमाता खोला सरसफाइ समेत गरिएको उनले बताए ।
यसैबिच पनौती नगरपालिकाका नगरप्रहरी न्युन पारिश्रमिकमा अधिक काम गर्न बाध्य भएका छन । नगरप्रहरीले फुटपाथ व्यवस्थापनदेखी सरसफाईको क्षेत्रमा समेत काम गर्दै आएका छन । तर पारिश्रमिक भने न्युन रहेको नगरप्रहरीको गुनासो छ । नगरप्रहरी विहान ८ बजेदेखी साँझ ५ बजेसम्म कार्य क्षेत्रमा खटिन्छन् । तर ९ घण्टा काम गर्दा ११ हजार रुपैयाँ मात्रै पारिश्रमिक पाउने गरेको प्रहरी कर्मचारीको गुनासो छ । सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत आफुहरुले नपाएको उनीहरुको गुनासो छ ।