पनौतीमा तास खेलिरहेका ८ जना पक्राउ

पनौती नगरपालिका वडा नम्बर ४ ठाडोबाटो स्थित श्री लक्ष्मि काठ फर्निचरमा तास खेलिरहेका ८ जना पक्राउ परेका छन । तास खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला .प्रहरी कार्यालयबाट खटिएको टोलीले ५ः२० बजेको समयमा नगद सहित ८ जनालाई पक्राउ गरेको हो ।

तास खेलिरहेको अवस्थामा नगद दुई लाख सोह्र हजार सात सय पाँच रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।