सन्दर्भ रार्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस: ज्येष्ठ नागरिकहरूको भोगाइ र सुबिधाहरू

मणिराज श्रेष्ठ
पुर्व उपाध्यक्ष,ज्येष्ठ नागरिक संघ,काभ्रेपलाञ्चोक
संयोजक, सक्षम साकोस,ज्येष्ठ नागरिक उपसमिति
“सक्नेले आबश्यक पर्नेलाई सामाजिक,भौतिक,आर्थिक र आत्मिय सहयोग गरौ ।”
“निस्किृय,शिथिल,उदास,कमजोर र गतिहिन ब्यक्ति जन्मदै बुढो हुन्छ। उर्जावान,जागरुक,उत्साहित,सक्रिय ब्यक्ति उमेर ढल्के पनि बुढो हुन्दैन ।” ओशो
२०७८ साल देखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउने कार्यको थालनी भयो। यस बर्ष पनि २०८० पैष ११
गते तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकको सम्मानस् हाम्रो सभ्यताको पहिचान नाराका साथ नेपाल सरकार तथा बिभिन्न संस्थाहरूले बिभिन्न कार्यक्रमहरूका साथ मनाएका छन् ।
ज्येष्ठ नागरिकलाई बिश्वका बिभिन्न देशहरुमा उमेरको आधारमा आ–आफ्नै किसिमबाट परिभाषित गरेको
पाईन्छ । नेपालको सन्दर्भमा ज्येष्ठ नागरिक ऐन २०६३, संशोधित ऐन २०७२ अनुसार ६० बर्ष उमेर पुगेका
ब्यक्ति भनेर उल्लेख गरेका छन् । र नियमावलीको दफा १४मा जेष्ठ नागरिकहरुलाई निम्न ५ प्रकारमा बर्गिकरण गरिएको छः
क) सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक,
ख) सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक,
ग) असहाय ज्येष्ठ नागरिक,
घ) अशक्त ज्येष्ठ नागरिक,
ङ) एकल ज्येष्ठ नागरिक ।
नेपालमा २०७८को जनगणना अनुसार ६० बर्ष उमेर पुगेका ब्यक्तिहरु २९,७७,३१८ (कूल जनसंख्याको १०।२१ प्रतिशत) रहेको छ । बिश्वमा आएको स्वास्थ्य सेवा लगायतका परिवर्तनले ज्येष्ठ नागरिक ब्यक्तिहरुको संख्या बढदो अबस्थामा छ ।
समय र सोचको परिवर्तन संगै हाल सम्मानित शब्दको रुपमा “ज्येष्ठ नागरिक” अंग्रेजी भाषामा“क्भलष्यच ऋष्तष्शभल” भनेर सम्बोधन गरिन्छ । यसो भन्दैमा बृद्ध९बृद्धा,प्रौढ, बुढ्यौली आदिबाट सम्बोधन गर्ने प्रचलन भने हटेको अबस्था छैन । ज्येष्ठ नागरिकको हक,हित,संरक्षण र अधिकारको सम्बन्धमा राज्यले क्रमसः नेपालको संबिधानको धारा ४१मा ज्येष्ठ नागरिकको मौलिक हकको ब्यबस्था गरेको छ । यसमा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भन्ने उल्लेख गरिएको छ । ज्येष्ठ नागरिक सम्बन्धि हालको ऐनको बिभिन्न दफाहरुमा, ज्येष्ठ नागरिकलाई सम्मान गर्नु पर्ने, सार्वजनिक यातायातको साधनमा २ सिटको ब्यबस्था गर्नु पर्ने, भाडा दरमा कम्तिमा ५०५ छुट दिनु पर्ने, नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा संस्थाहरुले तोकिएको संख्यालाई उपचार गर्दा कुल लाग्ने खर्चमा ५०५ छुट दिन पर्ने, ज्येष्ठ नागरिक भत्ता,स्वास्थ्य सेवा र उपचारमा सहुलियत दिनु पर्ने, कैद सजायं भोगिरहेका ज्येष्ठ नागरिकलाई ७५५ सम्म कैद मिनाहा दिन सक्ने, ज्येष्ठ नागरिकहरुको हेरचाह केन्द्र र दिवा सेवा केन्द्रको स्थापना र संचालनका बारेमा बिभिन्न प्रावधानहरु, कल्याण कोष, अभिलेख राख्ने, अन्त्येष्टी, परिचय पत्र,दण्द सजायं आदि उल्लेख गरिएको छ ।
यसरी संबिधान,ऐन नियम,सेवा तथा सुबिधाका प्रयासहरु हुंदा हुंदै पनि अधिकांश ज्येष्ठ नागरिकहरुले आर्थिक रुपमा पराश्रित, बेसहारा, अपहेलित, दुव्र्यबहार,कुण्ठित र कष्टकर जीवनयापन गर्नु परिरहेको अबस्था छ । हुन त अहिले नेपाल सरकार,महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयबाट, राष्ट्रिय ज्येष्ठ नागरिक नीति, द्दण्डण्,(मस्यौदा) तयार भइरहेको छ । आशा गरौं उक्त नीति आए पछि ती नै तहको सरकारबाट हुबहु तिब्रताका साथ कार्यान्वयमा ल्याएर हाल ज्येष्ठ नागरिकहरूले भोगिरहनु परेको बिभिन्न समस्याहरू न्युनिकरण हुन्दै समाधान भएको महशुस गर्न पाउने छ ।
रार्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पवित्र तथा महत्वपुर्ण दिनमा समस्त ज्येष्ठ नागरिकहरूको सु—स्वास्थ्य,सुखमय,शान्ति,समृध्दि र उत्तोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
।