राष्ट्रियसभा निर्वाचनः गठबन्धन दल भागबण्डामा, एमाले गठबन्धन भत्काउने दाउ हेर्दै

राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ११ गते चुनाव हुँदैछ। सत्ता गठबन्धनलाई दलगत भागबन्डा र आकांक्षीहरूको व्यवस्थापन चुनौती छ। विपक्षी एमाले भने गठबन्धनभित्र दरार उत्पन्न गरेर चुनाव जित्ने दाउमा छ। सत्ता गठबन्धनको जनता समाजवादी पार्टी ‘गठबन्धन र एमाले’ दुवैसँग बार्गेनिङ गरिरहेको छ।

राष्ट्रियसभा निर्वाचनका मतदाता निश्चित छन्। प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख–अध्यक्षरउपप्रमुख–उपाध्यक्ष मतदाता हुन्। सत्ता गठबन्धन कायमै रहे विपक्षी एमालेले सबै ९१९० सिट नै गुमाउने स्थिति छ। चुनाव जित्ने निश्चित देखिएकाले सत्ता गठबन्धनमा भागबन्डाको लुछाचुँडी छ।

सत्ता गठबन्धनका दलभित्र उम्मेदवारका आकांक्षी पनि धेरै छन्। विपक्षी एमाले एक्लै चुनाव जित्ने अवस्था नभएकाले असन्तुष्ट जसपालगायतका दलहरूसँग अर्को गठबन्धनको तयारी गरिरहेको छ। एमालेले सत्ता गठबन्धनमा नरहेका दलसँग चुनावी गठबन्धनको पहल गरिरहेको नेताहरू बताउँछन्।

राष्ट्रियसभामा बागमती प्रदेशबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३र३ तथा कोशी, मधेस र लुम्बिनीबाट २र२ जना सदस्यको चुनाव हुँदैछ। फागुन २० गते एक तिहाइ ९२० जना सदस्य० को कार्यकाल सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनीतको कार्यकाल पनि सकिन लागेको हो। कार्यकाल सकिनु ३५ दिनअगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ।

गठबन्धनको रणनीति

अहिले सत्तामा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा०, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नागरिक उन्मुक्ति पार्टी छन्। राष्ट्रिय जनमोर्चा सरकारमा नगए पनि उसले बाहिरबाट समर्थन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा निर्वाचन पनि यो गठबन्धनलाई साथमा लान चाहन्छन्।

मतभारको आधारमा भागबन्डा गर्नुपर्ने पक्षमा कांग्रेस र माओवादी केन्द्र छ भने अन्य साना सत्ता साझेदारी दलहरू पनि केन्द्रमा जस्तै सातवटै प्रदेशमा गठबन्धन गरेर रहेका छन्। अहिले कांग्रेस–माओवादी गठबन्धनको सरकार सबैमा छ। स्थानीय तहमा पनि सत्ता गठबन्धनकै दलहरू हाबी भएकाले उनीहरू मिलेर चुनाव लडे राष्ट्रियसभा निर्वाचन एमालेका लागि प्रतिकूल हुने देखिन्छ।

गठबन्धन एक ठाउँमा भएमा सबै सिट जित्ने भएकोले आकांक्षी धेरै देखिएका छन्। शीर्ष तहका प्रभावशाली नेताहरूले समेत दाबी गरिरहेका छन्। कांग्रेस कोशी प्रदेश समितिले कृष्ण सिटौलासहित ६३ जनाको नाम सिफारिस गरेको छ। कांग्रेसले नाम सिफारिस गरेकोमा पूर्वमन्त्री महेश आचार्य, डा। मीनेन्द्र रिजाल, सुजाता कोइराला, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङगेलु शेर्पा र रुक्मिणी कोइरालालगायत सिफारिस भएका छन्। सिफारिस भएकामध्ये पुरुष ३८ र महिला २५ जना छन्। त्यस्तै पूर्वसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय फरमुल्ला मन्सुर, डीना उपाध्याय, चीनकाजी श्रेष्ठ, सहमहामन्त्री आनन्दप्रसाद ढुंगानालगायत धेरै छन्।
कांग्रेस कांग्रेसको इतरपक्ष भने आफूसँग राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल नै नभएको बताउँछ। इतरपक्षका नेता डा। चन्द्र भण्डारी आफूलाई राष्ट्रियसभाको निर्वाचनको विषयमा थाहा नै नभएको प्रतिक्रिया दिए।

माओवादी केन्द्रमा आकांक्षीहरू धेरै छन्। माओवादीमा लीलामणि पोखरेल, डोरप्रसाद उपाध्याय, चक्रपाणि खनाल, कुबेर ओलीलगायत आकांक्षी छन्। हालै प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेलको नाम पनि चर्चामा छ।

एकीकृत समाजवादीले भने चार सिट दाबी गरेको छ। उसले चार जना उम्मेदवारको नामसमेत टुंग्याएको छ। उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, नेता गणेश विके र सावित्री भुसाललाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउने एकीकृत समाजवादीको छ। जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टीलगायतमा आकांक्षी छन्।

एमालेको मौनता

यो निर्वाचनको पूर्वसन्ध्यामा एमाले भने मौन छ। उसले गठबन्धन एक हुँदा जित्ने अवस्था कमजोर रहेको एमालेले कुनै हल्लाखल्ला गरेको छैन। तर, भित्रभित्रै भने उसले राणनीति खेलिरहेको छ। गठबन्धन दलहरू एक भएमा एमाले अहिले भएका राष्ट्रपतिद्वारा मनोनीतसहित ९ वटै सिट गुमाउनुपर्ने अवस्था छ।

उसले कांग्रेसलाई १३ लिएर आफूलाई ६ सिट दिन प्रस्ताव गरेको चर्चा पनि छ। कांग्रेसको इतरपक्ष जुन पक्षको सहयोगमा कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाइएको थियो। त्यही समूहसँग एमाले छलफल गरिरहेको छ।

पछिल्लो समयमा कोशी प्रदेशमा सरकार बनाउन रणनीतिक खेल खेलका कांग्रेस नेता डा। मीनेन्द्र रिजाललाई उठाएमा सहयोग गर्न वचन दिएको चर्चा पनि छ। एमालेको सहयोग भएमा प्रदेश १ मा विद्रोही भए पनि चुनाव जित्ने अवस्था छ।

एमाले उपमहासचिव प्रदीप ज्ञावालीले अन्य पक्षसँग समझदारीको प्रयास भए पनि निष्कर्षमा भने नपुगिएको बताए। यो समाचार आजको अन्नपुर्णपोष्टमा प्रकाशित छ ।