सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
काठमाडौं/ नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ कायम भएको छ।
यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंसिर १८ गते छापावाल सुन १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ९० रुपैयाँ कायम भएको छ।