जिल्लाको धार्मिक तथा ऐतिहासिक धनेश्वर मन्दिरः कुन समयमा दर्शनार्थीको भिड लाग्छ ?

लक्ष्मण तिमल्सिना
बनेपा
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ मा अवस्थित प्रमुख देवस्थल मानिने धनेश्वर महादेव स्थानमा मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमाका दिन भब्य मेला लाग्ने गरेको छ ।

धनेश्वर महादेव स्थानलाई धार्मिक सास्कृतिक र ऐतिहासिक दुष्टिकोणबाट अत्यन्तै महत्वपुर्ण स्थानको रुपमा मानिदै आएको छ । उक्त स्थानमा गोठालाहरु गाई चराउन जाँदा हरेक दिन गाईको दुध चुहिने गरेको देखे पछि स्थानीयहरु उक्त स्थान खोज्दै जाँदा सतीदेवीको देव्रे कान पतन भएको शिला उत्खन्न गरेको किवंदन्ती स्वस्थानीमा समेत उल्लेख छ । धनेश्वर मन्दिरका बारेमा श्री स्वस्थानी ब्रत कथामा बर्णन गरिए अनुसार दक्ष प्रजापतिको यज्ञ स्थलमा सतिदेविले प्राण त्याग गरेपछि देवर्षि नारदद्धारा खबर गरेर दक्ष यज्ञमा पुगेका महादेवले सतीदेवीको मृत शरिर बोकी पुथ्वी भ्रमणमा हिड्नु भएको थियो । सम्पुर्ण देवताहरुको सल्लाह बमोजिम सतीदेवीको मृत शरीरमा औशा परेपछि शरिरका अगंहरु पतन हुन थाले । सतीदेवीका देब्रे कान पतन भएर उक्त स्थानको नाम पौरबन्ध रहेको भनेर नेपाल महात्म्यमा बताईएको छ ।

उक्त पावन क्षेत्रमा मार्ग शुल्क चतुर्दशिका दिन सांयकाल देखी नै अखण्डदीप महादीप, सपाद लक्ष वर्तिका प्रज्वलन गर्ने श्रद्धालु भक्तजनहरुको धेरै भिड लाग्ने गर्दछ । मार्ग शुल्क पुर्णिमाका दिनमा धनेश्वर महादेव मन्दिर भित्र रहेको सतीदेवीको कानको शिलाको खाडलमा अन्न तथा द्रब्यले पुर्ण गर्ने प्रचलन रहेको छ । उक्त पुर्णिमाको दिन सतीदेवीको कान पुर्ण गर्न सके लक्ष्मी प्राप्ति हुन्छ भन्ने विश्वास छ । उक्त मेलालाई धनेश्वर मन्दिरको प्रमुख मेलाका रुपमा लिईन्छ । मन्दिरमा स्वस्थानी पुर्णिमा भरी एक महिना, साउने सोमबार, बाला चतुर्दर्शी, शिबरात्री, हरितालिका तिज जस्ता चाडपर्वमा हजारौको मेला लाग्ने गर्दछ । मन्दिरलाई संरक्षण गर्न स्थानीय सरकारले मन्दिरलाई घेराबार, मन्दिर सम्म पुग्ने पक्कि सडक, कुण्डलाई पुन निमार्ण, बत्ति, शौचालय, खानेपानी, सरसफाई लगाएतका पुर्वाधारहरु निमार्ण गर्दै आएको वडा अध्यक्ष शिब थापाले बताए । धनेश्वर मन्दिर बनेपाको मात्रै नभई जिल्लाकै प्रमुख धार्मिक स्थल रहेको अध्यक्ष थापाले बताए । धान्य पुर्णिमको अबसरमा विशेष मेला लाग्ने, रात भर बत्ति बाली जाग्राम बस्ने गरिन्छ । उक्त पुर्णिमाका दिनमा किसानले धानबाली भित्र्याएको खुशियालीमा देवी देवता पितृ, कुलदेवताको पुजा गरी नवान्न हबन गरिने पर्वलाई नै उद्यौली पर्व भनिएको किबंदन्ती रहेको छ ।