नेफ्स्कूनमा नवनिर्वाचित कोषाध्यक्षद्वारा विभागको निर्देशनको अवज्ञा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघ (नेफ्स्कून) को हालै सम्पन्न ३२ औं साधारण सभाबाट कोषाध्यक्ष पदमा निर्वाचित दिपक थापाले सहकारी ऐन र विभागको निर्देशनको अवज्ञा गरेका छन् । जिल्ला सहकारी संघका संचालक सदस्य कायमै रहेका थापा उक्त संघको दुईवटा साधारण सभामा समेत उपस्थित नभएका र विगत दुई वर्षदेखि सञ्चालक समितिको बैठकमा अनुपस्थित छन् । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले नेफ्स्कूनको साधारण सभामा प्रतिनिधि नपठाएपछि अनेक तिकडमबाजी गर्दै काभ्रेकै प्रतिष्ठित सहकारीकर्मीको मद्यत लिई सोही संस्थाको कार्यक्षेत्रभित्र पर्ने ललितपुरको मधुवन साकोसबाट रातारात प्रतिनिधि बनि थापाले चुनावमा भाग लिएका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघको नाममा सहकारी विभागले २०८० मंसिर १० मा जारी गरेको पत्रको निर्देशानुसार सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफ ९५० मा “कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ” भन्ने व्यवस्था रहको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यवस्था छ ।

सामुदायिक साकोसका पूर्व अध्यक्षसमेत रहेका थापाको हालसम्म उक्त संस्थामा सदस्यता कायमै रहेको छ । सहकारी ऐन २०७४ बमोजिम कुनै पनि व्यक्तिले सदस्यता प्राप्त गर्नको लागि संस्थाको कार्यक्षेत्रभित्र बसोबास गरेको हुनुपर्नेछ । थापाले अब कुन संस्थामा आफ्नो सदस्यता कायम गर्लान त रु पूर्व अध्यक्ष भएको संस्था सामुदयिक वा नेफ्स्कूनमा प्रतिनिधि भएको मधुबन साकोस । आफ्ना भाषणमा सधैं सहकारी सुशासन र ऐन नियमको एजेण्डा उठाउने थापाले माथिल्लो संघमा सपथ लिए पश्चात पनि हालसम्म जिल्ला सहकारी संघको सञ्चालकबाट राजिनामा दिएको जानकारी प्राप्त भएको छैन ।

दुई पटक नेफ्स्कूनको कोषाध्यक्ष भैसकेका थापा यस अघि पनि नेफ्स्कूनको सवारी साधन दुरुपयोग गरेको समाचार बाहिरिएको थियो । कतै फेरि पनि त्येस्तै हुने त हैन,आफ्नो आङको भैंसी नदेख्ने अरुको आङको जुम्रा पनि देख्ने भने जस्तै हुने हो कि रु वास्तबमै सुशासन कायम गर्लान की नगर्लान हेर्न बाँकी छ ।