भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्कोमा गाडी जलाएका हुन ।

ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका छन ।

कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखाकेन्द्रित आन्दोलन गररिरहेका छन्। ती युवाहरूका कारण ग्वार्को क्षेत्र तनावग्रस्त बनेको छ ।