बालकुमारीमा प्रहरीको गोली लागेका एक प्रदर्शनकारीको मृत्यु
बालकुमारीमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।
प्रदशृनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आज रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेका हुन ।
ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । अरु प्रदर्शनकारीको खोजी भइरहेको उनले बताए ।