सामुदायिक विद्यालयहरुमा सूचना, संचार तथा प्रविधीका बारेमा सिकाई आदान प्रदान

बनेपा/एसओएस बालग्राम नेपाल अन्र्तगतको डिजिटल डिभाईसका अवरोधहरु तोड्दै विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन संचालित कार्यक्रमका बारेमा सामुदायिक विद्यालयहरुको सूचना, संचार तथा प्रविधीमा क्षमता अभिबृद्धीको सन्र्दभमा भएका उपलब्धी तथा सिकाईहरुको आदान प्रदान गरिएको छ ।
एसओएस बालग्रामका कार्यक्रम संयोजक उपेन्द्र मल्लले आईसिटीमा आधारभुत शिक्षाले विद्यालय, शिक्षक र विद्यार्थीहरुको क्षमतामा बृद्धी भएको बताए । नमुना कार्यक्रम स्वरुप जिल्लाका तीन विद्यालय पनौतीको शान्ति निकेतन मावी, बनेपाको गणेश भारती स्कुल र एसओएस बालग्राम श्रीखण्डपुरमा लागु भएको छ । ‘नयाँ सोच र तरिकाबाट सिकाउने विधी उक्त कार्यक्रमबाट लागु गरिएको छ’– कार्यक्रम संयोजक उपेन्द्र मल्लले भने–‘विपदमा पनि बालबालिकाहरुलाई नियमित पठनपाठनका लागि कसरी तयारी अवस्थामा रहने ? भन्ने विषयमा समेत सचेत गराईएको छ ।’

परियोजना संयोजक रोशनी सिलवालले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई प्रविधिबाट अध्ययन गराउँदा अपनाउनु पर्ने सुरक्षा, प्रविधिको ज्ञान र सिप तथा सिकाईलाई उक्त कार्यक्रमबाट प्रभावित बनाएको बताएकी थिईन् । तीनवटा विद्यालय र विद्यार्थीलाई २० वटा ल्यावटप, ट्याबलेटस १ हजार १० वटा, स्मार्ट बोर्ड तीनवटा र १८ महिनाको इन्टरनेट उपलब्ध गराएर परियोजनाले विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाएको सिलवालले बताईन् ।
एसओएस बालग्रामका कानूनी सल्लाहकार श्रीराम बजगाईले विश्वस्तरको सिकाईमा प्रतिस्पर्धा गर्न प्रविधीमैत्री शिक्षामा जोड दिनु पर्ने बताए । प्रविधीमैत्री सिकाईका लागि विद्यालय र विद्यार्थीहरुले प्राप्त गरेका प्रविधी र ज्ञानलाई ब्यवहारमा लागु गर्न उनले सुझाव दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सन शिक्षकहरुले कार्यक्रम प्रभावकारी भएको र विद्यार्थीहरुको सिकाईमा फरक आएको बताएका थिए । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।