नमोबुद्धका बिश्वास मोक्तान ९ किलो गाँजासहित पक्राउ

काभ्रे । नमोवुद्ध नगरपालिका वडा नम्बर ९ का विश्वास मोक्तान गाँजा सहित पक्राउ परेका छन । १९ वर्षीय मोक्तानले धुलिखेल नगरपालिका–७ मयुर बसपार्क नजिकै सडक छेउमा बोरामा गाँजा बोकेर हिडिरहेको भन्ने सुचनाका आधारमा लागु औषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनलाई नियन्त्राण्मा लिएको हो ।
उनको साथबाट ९ किलो गाँजा बरामद भएको छ । थप अनुसन्धन कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।