सहुलियत कर्जा लिएका कृषकले विमा बापतको भुक्तानी पाए

बनेपा÷लम्पि स्किनका कारण मरेका गाईको विमा बापतको रकम भुक्तानी गरिएको छ । राष्ट्रिय विमा कम्पनीले गरेको बीमा बापतको रकम भुृक्तानी गरेको हो ।
धुलिखेल नगरपालिका वडा नम्बर २ रविका कृषक अमृत कुमार धितालले आयाम बचत तथा ऋण सहकारी मार्फत निशुल्क गाईहरुको विमा गराएका थिए । साकोसले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत सहुलियत दरमा ऋण लगानी गरेको थियो । उक्त संस्थाले प्रदान गरेको सहुलियत ऋणबाट धितालले चारवटा गाई पाल्दै आएका थिए । लम्पि स्किनका कारण एउटा गाई मरेको थियो । विमा कम्पनीले संस्थालाई रकम प्रदान गरेको साकोसका अध्यक्ष श्याम थापाले बताए ।

अध्यक्ष थापाले सदस्य अमृत कुमार धिताललाई ५४ हजारको चेक हस्तान्तरण गरेका थिए । साकोसका अध्यक्ष थापाले युवा तथा साना ब्यबयासी स्वरोजगार कोष मार्फत सहुलियत दरमा ऋण लगानी गरेका पशुहरुको विमा गरिएको बताए । संस्थाले यस अघि पनि सदस्यहरुलाई लक्षित गरी कृषि, ब्यापार ब्यवसायमा लगानी गरी सदस्यहरुको आयस्तर बृद्धि हुन मद्दत पुगेको प्रमुख कार्यकारी अधिकृत सविना पन्तले वताईन् । सस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत स्वास्थ्य शिबिर, रक्तदान, सिपमुलक तालिम प्रदान गर्दै आएको पन्तले जानकारी दिईन् ।