राप्रपा धुलिखेल नगर कमिटीले स्व.राजा वीरेन्द्र शाहको जन्मजयन्ती मनायो

 काभ्रे/ पुस १४ गते राजा वीरेन्द्र शाहको जन्मदिन हो। आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७८औँ जन्मजयन्ती शनिबार मनाइएको छ।

स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्याएको योगदानलाई कदर गर्दै काभ्रेको धुलिखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी धुलिखेल नगर कमिटीले उनको फोटोमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा नगर अध्यक्ष बुद्धराम वेन्जु श्रेष्ठ लगायत समाजका बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले स्व. राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार व्यक्त गरे। वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो । २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो।