वागमती प्रदेशका २ सय बढी सहकारीमा समस्या, ४० संस्थालाई कारवाही

बनेपा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राधाकृष्ण खतिवडाले वागमती प्रदेशका २ सय २० भन्दा बढी सहकारीमा समस्या परेको भन्दै उजुरी आएको बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २६ औं वार्षिक सभामा बोल्दै उनले उक्त जानकारी दिएका हुन् । प्रदेशका ३ हजार २ सय ३८ सहकारी संस्था मध्ये २ सय २० भन्दा बढीमा समस्या रहेको भन्दै उजुरी आएको र ४० वटा सहकारीलाई बारवाही गरिएको उनको भनाई छ । अझै ठुलो संख्यामा सहकारीहरु कारवाहीमा पर्न सक्ने उनको अनुमान छ ।

बचतकर्ताको तर्फबाट हेर्दा कहालिलाग्दो अवस्था रहेको समेत उनले बताए । सहकारी क्षेत्रमा देखिएको समस्यालाई सुद्धिकरण गर्ने समय आएको भन्दै उनले गल तगर्नेलाई कारवाही गरेर अभियानलाई निरन्तरता दिनुको विकल्प नभएको धारणा राखेका छन ।
राज्यले आफ्नोतर्फबाट काम गरिरहेको भन्दै रजिष्ट्रार खतिवडाले केहि गरेको छैन भन्ने भनाईमा सत्यता नरहेको बताए । यद्यपी राज्यप्रति अपेक्षा धेरै रहेकाले सहकारी नियमनको क्षेत्रमा राज्यको उपस्थिती कमजोर देखिएको उनले स्विकार गरेका छन । तर सधैं यो स्थिती नरहने उनको दाबी छ ।
केहि सहकारी संथाहरुको पनि कमजोरी रहेको भन्दै रजिष्ट्रार खतिवडाले यसलाई सच्याउन जरुरी रहेको बताए । सहकारीले मिटरव्याजको काम गरेको भेटिएको उनले जानकारी दिए । ऋणीहरुको घरजग्गा थाहा नै नदिइ लिलाम गरिदिने र ४० प्रतिशत सम्म व्याज लिएको अनुगमनका क्रममा भेटिएको उनले बताए ।
सहकारी क्षेत्रमा विश्वास गुमेको भन्दै खतिवडाले विश्वास आर्जन गर्न केहि समय लाग्ने बताए । बचत तथा ऋण सहकारीका लागि छुट्टै नीति लिने कि भन्ने बहस भइरहेको पनि उनले जानकारी दिएका छन् । सहकारीले सानो पूँजी निर्माण गर्ने परिचालन गर्ने,उत्पादन, रोजगारीमा जोड्ने भन्दा ठुलो पुँजीलाई जोड्ने, बैंकको प्रतिष्पर्धीको रुपमा प्रस्तुत हुने परिपाटी बढेको उनको भनाई छ । जसका कारण पनि ठगी धेरै भएको उनले बताए । ५÷७ जनाको समुहले नेपालभर फरक–फरक भुमिकामा रहेर ठगी धन्दा चलाइरहेको पाइएको समेत उनले बताएका छन ।

केहि संस्थाले राज्य प्रशासनिक व्यवस्थापनको संक्रमणकालीन अवस्थालाई फाइदा उठाएर स्वच्छ विचार बोकेको सहकारी अभियानमा छिरेर ठगी धन्दा चलाएको उनको आरोप छ । ठगी गर्नेलाई कारवाहकिो प्रकृया सुरु गरेको समेत उनले बताए ।
वागमती प्रदेशमा सहकारी रजिष्ट्रारको कार्यालय सञ्चालनको अन्तिम तयारी भइरहेको पनि उनले जानकारी दिएका छन् । त्यसका लागि २१ जनाको दरबन्दी स्विकृत भएको उनले बताए । संख्याको हिसावमा, शेयर पुँजी, ऋण लागनी, बचतको हिसावमा बागमती प्रदेशले एक तिहाई हिस्सा ओगटेको उनले जानकारी दिए ।
देशभर ३३ हजार शहकारी रहेकोमा वागमती प्रदेशमा मात्रै ११ हजार भन्दा बढी सहकारी संस्थाहरु छन । ७३ लाख शेयर सदस्यमा २० लाख सदस्य बागमती प्रदेशका रहेको रजिष्ट्रार खतिवडाले जानकारी दिए । तर बागमती प्रदेशमा सहकारी प्रशासनको कामग गर्ने अथवा नियमन गर्ने सहकारी रजिष्ट्रारको कार्यालय अहिलेसम्म स्थापना भएको छैन ।

स्वमुल्यांक गर्ने, स्वनियमन गर्ने, सदस्यले नै संचालन गर्ने संस्थाको रुपमा सहकारीको परिकल्पना गरिएको भन्दै उनले स्वयं सहकारी पनि जिम्मेवार बन्नु पर्ने बताएका छन् । अन्य क्षेत्रको हस्तक्षेप हुँदा सहकारी सहज सञ्चालन गर्न कठिनाई हुने उनको तर्क छ । सहकारीलाई सिद्धान्तकै हिसावले चलाउँदा बढी विकास र प्रवद्र्धन हुने खतिवडाको तर्क छ ।