आवर स्ट्याण्डर्ड साकोसको ११ औं साधारण सभा ,अध्यक्षमा पुनः रत्नकुश रंजितकार निर्वाचित
बनेपा÷आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभाबाट पुनः रत्नकुश रंजितकारको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा ठाकुर प्रसाद बजागाई, सचिव बुद्धभक्त रंजित कोषाध्यक्ष सर्जुकुमार रंजितकार सदस्यहरुमा रामकुमार श्रेष्ठ, रुविना मकै श्रेष्ठ, बुद्धरत्न मानन्धर निर्वाचित भएका छन् । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा सुदिना रंजित, सदस्यमा रजेश रंजित र रोशन मानन्धर चयन भएका छन् ।
बनेपा नगरपालिकाले तयार गरेको सहकारी नियमावली २०८० र सहकारी संस्थाहरुको आन्तरिक अनुगमन तथा स्व–मूल्यांकन मापदण्ड २०८० अन्र्तगत बनेपा नगरपालिकामा सहकारीले पहिलो साधारण सभा गरेको संस्थाका अध्यक्ष रत्नकुश रंजितकारले बाताए ।
आफुहरुले सहकारीको सिद्धान्तअनुसार नै सञ्चालन गर्दे आएको र हाल नगरपालिकाले जारी गरेको सहकारी नियमावली अनुसार साधारण सभा गरेको उनले बताए । सदस्यहरुको विश्वासलाई मर्न नदिई शेयर सदस्यहरुलाई दिदै आएकोे सेवा सुविधामा कमि हुन नदिने अधयक्ष रञ्जितकारले बताए । साधारण सभाको उद्घाटन वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्धब सापकोटाले गरेका थिए । सापकोटाले सदस्यहरुको बचतको सुरक्षाको लागी थप रणनीतिहरुको विकास गर्दे वित्तिय सुरक्षा, संचालन प्रक्रियाको प्रभाबकारीतामा बृद्धिगर्दे लैजानु पर्ने बताए ।
सहकारीहरु प्रति सदस्यहरुको मर्दे गएको विश्वासलाई आर्थिक, सामाजिक क्रियाक्लापबाट पुरा गर्दे सदस्यहरुको विश्वास जित्नु पर्ने उनको भनाई छ । केहि सहकारीका कारण सम्पुर्ण सहकारी अभियान व्रिग्रीएको जस्तो देखिएको भन्दै अध्यक्ष सापकोटाले त्यस्ता सहकारीहरुलाई राज्यले कारवाहीको प्रक्रिया अगाडी बढाई सकेको जानकारी दिए । सदस्यहरुले कारोबार गर्दा सचेत भई बुझेर मात्र सहकारीहरुमा कारोबार गर्न उनको आग्रह छ ।
कार्यक्रममा सस्थाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन सचिब बुद्धभक्त रंजित, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्जुकुमार रंजितकारले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन सुदिना रंजितले प्रस्तुत गरेकी थिईन् । संस्थाको कुल शेयर पुजीं ८० लाख ९४ हजार, निक्षेप १२ करोड ७५ लाख७५ हजार, ऋणलगानी १२ करोड ९५ लाख रहेको छ । संस्थाका प्रबन्धक राजाराम घोरसाईनेले सहकारीको सिद्धान्त र भावनालाई आत्मसात गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागी अविचलित रुपमा आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिने बताए । सहकारीले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य शिबिर, रक्तदान लगाएतका कार्यहरु गर्दे आएको घोरसाईनेले बताए ।
साधारण सभामा सामाजिक ब्यक्तित्व सम्मान मणिराज श्रेष्ठ, जेष्ठ सदस्य महिला सम्मान रुकमणी डंगोल, उत्कृष्ट बचतकर्ता हिराकाजी रंजितकार, जेष्ठ शेयर सदस्य रत्नकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रत्नकुश रंजितकारको सभापतित्वमा र सञ्चालक सदस्य रुविना मकै श्रेष्ठको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका सहकारी शाखा अधिकृत दिनेश प्रसाद पोखरेल, विभिन्न सघं संस्थाका प्रतिनिधिहरको सहभागिता रहेको थियो ।