युवा संघ महाभारत–५ को आयोजनामा नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम
राष्ट्रिय युवा संघ नेपाल महाभारत गाउँपालिका वडा नम्बर ५ को आयोजनामा नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम नेकपा एमाले महाभारत गाउँपालिका ५ नम्बर वडा कमिटीको समन्वयमा भएको हो । कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमाले काभ्रे जिल्ला कमिटी उपाध्यक्ष चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले जिल्लाको विकट क्षेत्र मानिने महाभारत सधैं विकट रहिरहन नहुनेमा जोड दिएका छन । त्यसका लागि भइरहेका समस्या समाधान, भावी योजना निर्माणमा जुट्न युवाहरुलाई उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल महाभारत ५ वडा कमिटीका अध्यक्ष राम कुमार लुङ्गेली मगरको सभापतित्व रहेको थियो । कार्यक्रममा नेकपा एमाले महाभारत गाउँपालिका इन्चार्ज वसन्त कुँवर, महाभारत गाउँपालिका संसदीय दल नेता शान्ति तितुङ राना, राष्ट्रिय युवा संघ नेपाल महाभारत कमिटी अध्यक्ष प्रदीप वाइबा, जनजाति महासंघका केन्द्रिय महासचिव तथा नेपाल तामाङ घेदुङका संघीय कोषाध्यक्ष रूप योञ्जन, महाभारत काठमान्डौं संपर्क मञ्चका इन्चार्ज दावा दोर्जे योञ्जन, राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य गणेश स्याङतान, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका पूर्वअध्यक्ष सोभित मोक्तान, राष्ट्रिय युवा संघ नेपाल महाभारत कमिटी सचिव टेक बहादुर तुम्सिङ मगर, नेकपा एमाले महाभारत ५ नम्बर वडा कमिटी अध्यक्ष अजय थिङ, नेकपा एमाले महाभारत का युवा नेता बबलजंग सारू लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल महाभारत कमिटी अध्यक्ष प्रदीप वाइबाले महाभारतको भौगोलिक अवस्थितिको कारण युवाहरु छरिएर बस्न परेको गुनासो गरेका छन । रोजगारीको खोजीमा गाउँ छोड्नुपरेको उनको भनाई छ । अब कार्ययोजना नै बनाएर महाभारतको हरेक वडामा पुग्ने उनले बताए ।
काभ्रे–काठमाडौ संपर्क मञ्चका इन्चार्ज दावा दोर्जे योञ्जनले महाभारतबाट काठमान्डौं बसोबास गरिरहेका सबैसँग एकआपसमा सहकार्य हुनुपर्ने बताएका छन् । महाभारत गाउँपालिका संघीय दल का नेता शान्ति तितुङ रानाले आजबाट सुरु गरेको यात्रा वडा ८ मा पुगेर समापन हुने जानकारी दिइन । पार्टीगत यात्रा चुनाव को लागि मात्रै नहुने उनको भनाई छ ।
नेकपा एमाले महाभारत गाउँपालिका इन्चार्ज वसन्त कुँवरले प्रत्येक वडाबाट काठमान्डौं संपर्क मञ्चको गठन गर्ने बताए । पार्टी चलायमान बनाउन सबै लाग्नुपर्ने उनले बताए । उनले समस्या समाधान, भइरहेका काममा निगरानी, र भावी रणनीति तय गर्न एकजुट हुने बताएका छन् । यसैबिच विभिन्न पार्टी परित्याग गरेर ५ जना नेकपा एमाले प्रवेश गरेका छन् । नजरमान भोमजन, राज कुमार थिङ, विशाल ब्लोन, फुर्साङ ब्लोन र राजीन थिङ एमालेमा प्रवेश गरेका हुन् ।