काभ्रे बस प्रालिको दोस्रो भेला शुरु

धरान,सुनसरी/ काभ्रे बस प्राईभेट लिमिटेडमा आवद्ध ब्यवसायीहरुको दोश्रो भेला होटल धरान किचेन धरान सुनसरीमा भएको छ ।

भेलामा काभ्रे बस प्रालीमा आवद्ध ब्यवसायीहरुका अलावा जिल्लामा संचालन हुने विभिन्न बस, टिपर तथा अन्य सवारी साधनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । भेलाको उद्घाटन नेपाल उधोग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैधले गरेका थिए ।

काभ्रे बस प्रालिका अध्यक्ष वर्ण शाक्यको अध्यक्षतामा संचालित कार्यक्रममा कम्पनीका तर्फबाट भएका आर्थिक, प्रगति तथा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । काभ्रे बस प्रालीले जिल्लाको धुलिखेलबाट काठमाडौसम्म नियमित सेवा उपलब्ध गराउँदै आएको छ भने ग्रामिण भेगमा पनि यातायात सेवा संचालन गरिरहेको छ । सिन्धुली बर्दिवास अन्तरगत काभ्रेपलाञ्चोक लगायतका अन्य जिल्लाहरुमा समेत सेवा उपलब्ध गराएको प्रालीले विकट क्षेत्र महाभारत, खानीखोला, तेमाल, रोशी लगायतका क्षेत्रमा सेवा सूचारु गरेको छ ।

भेलाको उद्घाटन कार्यक्रममा कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका पुर्ब अध्यक्ष हिरा उदास, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश प्रमुख सरोज श्रेष्ठ, धरान उधोग बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठ, नेपाल यातायात व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष तथा सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्री, गणेश हिमाल तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट ईकाईका अध्यक्ष अर्जुन लामा लगायतले पछिल्लो समय यातायात क्षेत्रले भोगिरहेका समस्याका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका सस्थापकहरु, पुर्ब अध्यक्षहरु, पदाधिकारीहरु, विभिन्न समितिका प्रतिनिधिहरु र काभ्रे बस सेवा प्रालिका व्यवसायीहरुको सहभागिता रहेको छ ।