राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन कायमै राख्ने कांग्रेसको निर्णय

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालय शनिबार सकिएको केन्द्रीय कार्य समिति बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले भने यो निर्णयसँगै अब गठबन्धन दलसँग उम्मेदवारीबारे छलफल हुने बताए।

 बैठकले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा मौका दिने निर्णय गरेको पनि बताए। विश्वकर्माले संसदीय क्षेत्रमा योगदान दिन सक्ने नेतालाई रोजिने पनि बताए।