दोलालघाटमा ५ वर्षीया बालिका पोखरीमा डुबिन्
भुम्लु गाउँपालिका–१० दोलालघाटमा ५ वर्षीया बालिका खेल्ने क्रममा पोखरीमा डुबेकी छन् । धुलिखेल नगरपालिका–६ ईतोल घर भई हाल भुम्लु गाउँपालिका– १० दोलालघाट स्थित व्यापार गरि बस्ने बुद्धराम खड्गीको छोरी अंन्दाजी बर्ष ५ की रोजिना खड्गी खेल्ने क्रममा ईन्द्रावती खोला नजिकै रहेको पानी जमेको पोखरीमा डुबेकी हुन् ।
प्रहरी चौकी दोलालघाट खटिएको टोलीले उनलाई उद्धार गरेको थियो । अचेत अवस्थामा भेटिएकी उनलाई उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएको छ । उनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।