काभ्रे बहिरा माध्यमिक विद्यालय र आदर्श बालविकासमा दन्त शिविर

बनेपा नगरपालिकाले ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क कृतिम दाँत राख्ने

बनेपा÷ बनेपा नगरपालिका वडा नंं. ९ को आयोजना तथा समाज डेन्टल बनेपाको सहकार्यमा काभ्रे बहिरा माध्यमिक विद्यालय र आदर्श बालबिकास केन्द्रमा १ सय १२ जनाको दाँत परिक्षण गरिएको छ ।

वडा अध्यक्ष नृपेश बादेले वडामा रहेका ६० वर्षमाथिका दाँत नभएका जेष्ठ सदस्यहरुको पुष २९ गते निःशुल्क कृतिम दाँत राखिने जानकारी दिए । वडाले भौतिक विकास सगै वडाबासीहरुका लागी स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य शिबिर, रक्तदान, दन्त परिक्षण, आखाँ शिबिर लगाएतका काम गर्दे आएको उनले बताए । वडा अध्यक्ष बादेले वडाबासीहरुलाई वडाले गरेका सामाजिक तथा स्वास्थ्य कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । 

बनेपा नगरपालिकाले पनि ६० बर्षभन्दा माथिका सम्पुर्ण नगरवासीलाई कृतिम दाँत निशुल्क राख्ने भएको छ । नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि मेयरसँग नगर स्वास्थ्यकार्यक्रम अन्तर्गत आवश्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निःशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिए । चापागाईका अनुसार, पहिचानका लागि नगरपालिकाले सबै वडामा दन्त शिविर सञ्चालन गरिनेछ । समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा शिविरबाट छनोट भएका सबै जेष्ठ सदस्यलाई कृतिम दाँत राखिने चापागाईले बताएका छन ।