जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ

काठमाडौँ/जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ परेका छन्। सोमबार बिहान माइतीघरबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

आज बिहान धोती दिवस मनाउन माइतीघर पुगेका राउत सहितलाई प्रहरीले पक्राउ गरेको छ।

बबरमहलबाट माइतिघर तर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बीपी साहले जानकारी दिए ।राउतसहित अन्य ७३ जनालाई समेत नियन्त्रणमा लिइएको उनको भनाइ छ।

प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।