नवल समाज पनौतीको आठौं बार्षिक साधारण सभा सम्पन्न

नवल समाज पनौतीको आठौं बार्षिक साधारण सभा तथा सदस्यका परिवारको शैक्षिक सफलताको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष सृजन पसछेको प्रमुख आतिथ्यता तथा सभापतित्व अध्यक्ष रामकृष्ण श्रेष्ठ र विशिष्ट आतिथ्यता नवल महिला समाजका अध्यक्ष रूशी ताम्राकारको रहेको थियो ।
प्रमुख अतिथि पसछेले संस्थाको उत्तरोत्तर प्रगति र सामाजिक कार्यमा सदा तत्परतासहित नवल समाज अघि बढ्न सँधै हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । विद्यार्थीहरू एड्रिन ताम्राकार, रिबेक रघु श्रेष्ठ र रूजल ताम्राकारलाई एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मान तथा नगद उपहार प्रदान गरिएको छ।
अध्यक्ष श्रामकृष्ण श्रेष्ठले दुई बर्षको कार्यकालमा गरिएका सफलताको रिपोर्टिङ्ग गर्दै अब आउने कार्यसमितिलाई काँधमा काँध मिलाई सहयोग गर्ने र नवल समाजको नयाँ अध्यायलाई नविनताको रूपमा अगाडि बढाउन प्रेरणा दिएका थिए । साथै यसै साधारण सभाबाट नयाँ कार्यसमितिमा संस्थालाई अगाडि हाँक्न अध्यक्षमा किशोर हलुवाई, उपाध्यक्षमा सन्तोष ताम्राकार, सचिवमा अनिलराज ताम्राकार, कोषाध्यक्षमा समन ताम्राकार, सदस्यमा सविन सैंजु, सरोज श्रेष्ठ र श्री बिबेक रघु श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको जानकारी सचिव अनिलराज ताम्राकारले गराएका थिए ।