अर्जुन-राधा फाउन्डेसनद्धारा छात्रवृत्ति प्रदान

काभ्रे / विन्धवासिनी माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा अर्जुन-राधा फाउन्डेसनले जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । काभ्रेको मण्डनदेउपुर १० मा रहेको यस विद्यालयमा हरेक वर्ष झैं जेहेन्दार विद्यार्थीलाई नगदसहित छात्रवृत्ति प्रदान गरेको हो ।

भेलामा तीन जना विद्यार्थीलाई ५ / ५ हजार नगद सहित प्रदान गरेको अर्जुन-राधा फाउन्डेसन परिवारका संस्थापक अध्यक्ष सुमन नेपालले जानकारी दिनुभयो । उहाँले पिता अर्जुन बहादुर नेपाल तथा माता राधा नेपालका नाममा स्थापित अर्जुन-राधा फाउन्डेसनले हरेक वर्ष १५ हजार नगद छात्रवृत्ति प्रदान गर्दै आएको र हाम्रो सानो सहयोग रकमले पढाईमा सहयोग पुग्नुका साथै उनीहरुको हौसला बढ्ने आशा रहेको बताउनुभयो ।