राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेस-माओवादी आजपनि छलफलमा
काठमाडौं/ राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ। निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ।