राष्ट्रियसभाको सीट बाँडफाँटबारे सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने
काठमाडौं। राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटबारे सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने भएको छ। निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएका बेला सत्ता गठबन्धनले पहिले आन्तरिक रूपमा र लगत्तै प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० सँग छलफल गर्ने भएको हो।
बुधबार ९आज० साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको बैठक बस्न लागेको हो ।
आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको छलफलमा दिउँसो ३ बजे गठबन्धन बैठक गरेर साँझ एमालेसहितको बैठक बोलाउने सहमति भएको छ । मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको थियो ।
छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई तीन–चार सिट दिएर जाने विषयमा कांग्रेस र माओवादीको तहमा छलफल भएको एक नेताले बताए।
‘गठबन्धन बैठक सकिएलगत्तै प्रधानमन्त्री र सभापति देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्ने कार्यक्रम छ,’ स्रोतले भन्यो।