मेथिनकोट अस्पतालमा आपतकालीन व्यवस्थापन सम्बन्धी पुर्वतयारी अभ्यास
भकुण्डे÷ जिल्लाको एक मात्रै सरकारी अस्पताल मेथिनकोट अस्पतालको आयोजना तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा आपतकालिन अवस्थाको ब्यवस्थापन सम्बन्धी डेमो अभ्यास गरिएको छ । प्राकृतिक घटना, आपतकालिन समय र दुर्घटना हँदा मानविय क्षती कम गर्नका लागी पुर्व तयारी अभ्यास गरिएको हो । डेमो अभ्यासमा मेथिनकोट अस्पतालका डाक्टरहरु, धुलिखेल अस्पतालका डा. सानुकुमार श्रेष्ठ लगाएतको टिम, २६ नम्बर बाहिनी भकेण्डेका नेपाली सेना, नेपाल प्रहरी, ट्राफिकले घटना हुदाँ कसरी उद्धार गर्ने, उद्धार पछि अस्पतालसम्म ल्याउने, अस्पताल पुगेपछिको उपचार विधि शुरु गर्ने र कुन बिरामीलाई प्राथमिकता दिने भन्ने अभ्यास गराईएको थियो ।
अस्पतालका मेसु डाक्टर मधुकर दाहालले अस्पताले पुर्व तयारी अभ्यास गर्दा मानविय क्षती कम गराउन मद्धत पुग्ने बताए । मेथिनकोट अस्पताललाई वागमती प्रदेशले ५० बेडको अस्पतालमा विस्तार गरेसँगै अस्पतालबाट प्रवाह हुने सेवाहरु विस्तार गर्दे लगिएको पनि उनले बताएका छन । अस्पतालमा हाल इमरजेन्सी सेवा, अपे्रशेन, डाइलासिस, विभिन्न रोगको परिक्षण, ल्याब टेष्ट, लगाएतका सेवाहरु उपलब्ध रहेको र केहि दिनमै सिटि स्क्यान सेवा थपिने उनले जानकारी दिए । भवन अभाबका कारणले सोचेजस्तो सेवादिन नसेकेको भन्दै डाक्टर दाहालले भवन निमार्ण प्रक्रिया समेत अगाडी बढेको बताए ।
डेमो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपकगौतमले जिल्लाकै एक मात्रै सरकारी अस्पताललाई सबै क्षेत्रबाट सहयाग गरी गुणस्तरीय सेवा प्रवाह गर्न सघाउनुपर्ने बताए । सिन्धुली, रामेछाप जिल्ला, काभ्रेको पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका, महाभारत, रोशि गाँउपालिकाका नागरिकहरुलाई मेथिनकोट अस्पतालमा उपलब्ध सेवाले सहजहुने उनले बताए ।
स्वास्थ्य क्षेत्र संवेदिनशिल विषय भएकाले नागरिकको उपचारमा कुनै खेलबाड नर्गन डाक्टरहरुलाई गौतमले आग्रह गरेका छन । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले अस्पताल आउने विरामीले औषधि पाईन भन्ने बाताबरण नबनाउन र उपचारमा कमि हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत मेथिनकोट अस्पतालले सहयोग गरिरहेको उनले बताए । नगरपालिकाले आर्थिक श्रोतले भ्याए सम्म आर्थिक, भौतिक, कानुनी सहयोग गर्ने लामाले प्रतिवद्धता जनाएका छन । कार्यक्रममा २६ नम्बर वाहिनीपति सुनिल घले, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, रोशी गाँउपालिका उपाध्यक्ष भिम वहादुर वाईवा लगाएतले अस्पतालले मानविय संबेदना हेरेर सेवा दिन आग्रह गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य अस्पतालका मेसु डा. मधुकर दाहालले राखेका थिए भने कार्यक्रमको सभापतित्व अस्पतालका ब्यबस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद खनालले गरेका थिए । कार्यक्रम सञ्चालन प्रशासन अधिकृत कमल प्रसाद भुर्तेलले गरेका थिए ।