कार्ड नहुँदा १६ महिनादेखि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण रोकियो

स्मार्ट कार्डको अभाव देखाउँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण रोकिएको १६ महिना भएको छ । जसका कारण लाखौं सेवाग्राही लाइसेन्स लिन राजस्व तिरेको भौचर बोकेर सवारी चलाउन बाध्य छन् ।
पहिलो खेपमा ६ लाख र दोस्रो खेपमा अर्को ६ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको भए पनि कार्ड कहिले आईपुग्छ भन्ने यकिन छैन । स्मार्टकार्ड कहिले आउने र छपाई भएर कहिलेदेखि वितरण हुन्छ भन्ने जवाफ यातायात व्यवस्था विभागका कर्मचारीसँग पनि छैन ।