स्थानीय तहका रोजगार संयोजकहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
धादिङ/स्थानीय तहका रोजगार संयोजकहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा आज सम्पन्न भएको छ। सुरक्षित आप्रवासन(सामी)कार्यक्रम र रोजगार संयोजक बीच समन्वय तथा सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम राखिएको९सामी०कार्यक्रममा सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।
स्थानीय तहमा रहेका बेरोजार युवाहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारलाई कसरी सुरक्षित, भरपर्दो र लाभदायी बनाउने भन्ने विषयमा छलफल भएको सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आन्तरिक लेखा परिक्षक तथा सामी फोकल पर्सन नारायण न्यौपाने,हेल्भेटास नेपालका भागिराम थारु,डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन शाही,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा १३ वटै स्थानीय तहका रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउने काम स्थानीय तहको भएको बताउनुभयो । सकेसम्म रोजगारी दिने काम स्थानीय तहको भन्दै अहिले त्यो सम्भव नभएको बताउनुभयो । बैदेशिक रोजगारका क्षेत्रमा नीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गरीरहेको भन्दै सामी कार्यक्रमलाई स्थानीय तहलेनै अपनत्व लिनुपर्ने बताउनुभयो । साथै सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्रले गर्ने काम र सुरक्षित बैदेशिक रोजगारको लागि रोजगार संयोजकको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो।
कार्यक्रममा हेल्भेटास नेपालका भागिराम थारुले बैदेशिक रोजगारको वर्तमान अवस्था,अवसर र चुनौती, सुरक्षित वैदेशिक रोजगारको लागि रोजगार संयोजक र सामी कार्यक्रम बीच हुनुपर्ने समन्वय तथा सहकार्यको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । यसैगरी सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी कार्यक्रमले गर्ने काम, रोजगार सेवा केन्द्र र आप्रवासी श्रोत केन्द्र बिच सम्भावित सहकार्यका क्षेत्रहरु र आगामी रणनीतिको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक लेखा परिक्षक तथा सामी फोकल पर्सन नारायण न्यौपानेले सामी कार्यक्रमले गाउँ स्तरमा धेरै राम्रो काम गरीरहेको भन्दै यसलाई शाखानै बनाएर स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो। नागरिकहरुको सोचलाई विकास गर्ने काम सामी कार्यक्रमले गरेको बताउनुभयो । यसैगरी कार्यक्रमकै अवसर पारेर बैदेशिक रोजगारमा मृत्यु भएका परिवारलाई दिईने छात्राबृत्तीको काम स्थानीय तहका रोजगार संयोजकहरुलाई हस्तान्तरण गरीएको छ । यसअघि आप्रवासी श्रोत केन्द्रले समन्वय गर्दै आएको छात्राबृत्तीको काम अब स्थानीय तह आफैले गर्नुपर्ने छ ।