राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने
संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ।
बिहान ९ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम छ।
समितिले आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ।
गएको सोमबार राज्यव्यवस्था समितिले ललितपुरको बालकुमारी घटनाको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेको थियो।