भारतलाई २० करोड सिधै खर्च गर्न दिने सहमतिमा सांसदको आपत्ति, आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्रीको भनाई

भारतले नेपालका परियोजनामा सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएर २० करोड रुपैयाँ पुर्याइएको संसदीय समितिभित्र विरोध भएको छ ।
प्रधानमन्त्रीसमेतको उपस्थितिमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनाएका छन ।
यसअघि ३ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणमा ४ गुणा बढाएर २० करोड पुर्याइएको छ ।
पन्तले यसरी आफूखुसी खर्च गर्न दिने प्रवृत्ति नेपालको स्वतन्त्रता र सार्वभौमिकता विरुद्ध रहेको तथा यसले देशभित्र अवाञ्छित राजनीतिक प्रभाव र हस्तक्षेपलाई निम्त्याउने बताए । उनले यसमा नेपालले पुनर्विचार गर्नुपर्ने माग गरेका छन ।
जवाफमा प्रधानमन्त्री दाहालले भारतलाई २० करोड रुपैयाँ आफैँले खर्च गर्न दिने गरी सहमति भएको स्वीकार गरे । उनले सांसदको विरोधमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन।
मन्त्रिपरिषद बैठकमा समेत लामो छलफल भएर यो विषयमा निर्णय लिइएको दाहालको भनाइ थियो ।