मानेश्वरी पोलिक्लिनिक पनौतीमा हरेक शनिवार निःशुल्क सुगर जाँच

पनौती बसपार्कमा रहेको मानेश्वरी पोलिक्लिनिकले हरेक साताको शनिवार निःशुल्क सुगर जाँच गर्दै आएको छ । सुगरका विरामीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको प्रबन्ध निर्देशक विना देउपालाले जानकारी दिइन् । यस्तै मानेश्वरी पोलिक्लिनिकले पौष महिनाभरी विशेष छुटमा सेवा दिइरहेको पनि उनले बताइन् । उनका अनुसार पौष महिनाको लागि फिजियोथेरापीमा ३३ प्रतिशत, औषधीमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ ।
निःशुल्क परामर्श समेत मानेश्वरी पोलिक्लिनिकले दिइरहेको छ । मानेश्वरी पोलिक्लिनिकमा ओपीडी, इमर्जेन्सी, फर्मेसी तथा ल्याव सेवा, विशेषज्ञद्धारा मुटुरोग, बालरोग, स्त्रीरोग र हाडजोर्नी रोग सम्बन्धी उपचार तथा परामर्श, इसिजी, भिडियो एक्स–रे, होल बडी चेकअप सेवा समेत उपलब्ध छ ।
हरेक हप्ताको मंलबार र वुधबार विहान ८ बजे तथा शुक्रबार र शनिवार दिउसो ३ बजे अर्थोपेडिक सर्जन डा.विरेन्द्र बहादुर चन्द, हरेक महिनाको पहिलो शनिवार ११ बजेदेखी ४ बजेसम्म गंगालाल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर जगत अधिकारीले मानेश्वरी पोलिक्लिनिक प्राली पनौतीबाट विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन् ।