‘मिथ्या सूचना विरुद्ध हामी’, बागमती प्रदेश स्तरीय तालिम सम्पन्न

मोतीराम तिमल्सिना
काठमाडौं
‘मिथ्या सूचना विरुद्ध हामी’, ‘सूचनाको चलखेल र लोकतन्त्र सम्वन्धी बागमती प्रदेश स्तरीय दुई दिने आवासिय तालिम चन्द्रागिरी हिल्स प्राली चन्द्रागिरीमा सम्पन्न भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा सम्पन्न तालिम आईआरआईको सहयोगमा यस अघि अन्य छ वटा प्रदेशमा सम्पन्न भएको थियो ।
मिथ्या सूचना कसरी पहिचान गर्ने, सूचनाको चलखेल कसरी थाहा पाउने, सामाजिक सञ्जालको प्रयोगको उत्कृष्ट उपयोग कसरी गर्ने, सूचना माथीको मिथ्या सूचनाको तथ्य र सूचनातथा लोकतन्त्रको सम्वन्धका बारेमा सहभागिहरुले जिज्ञासा राखेका थिए । लोकतान्त्रिक निर्णय प्रकृयालाई प्रभाव पार्न वा बाधा पु¥याउन सूचनाको चलखेल गर्ने सुनियोजित रणनीतिलाई कसरी चिन्ने ? किन चलखेल गरिन्छ ? कस्तो हुन्छ चलखेल ? कस्तो प्रभाव पार्छ ? चलखेल कसले गर्छ ? उपद्रवी पात्रहरु को हुन् ? के कस्ता सामग्री प्रयोग गरेर सूचनाको चलखेल हुन सक्छ ? त्यसका रणनीति कस्ता हुन सक्छन् ? लगायतका विषयमा तालिममा जानकारी गराईएको थियो ।

त्यस्तै सूचनाको चलखेल गर्नेहरुले प्रयोग गर्ने माध्यम के के हुन सक्छन् ? कस्तो समयमा धेरै सूचनाको चलखेल हुन सक्छ ? मिथ्या सूचना विरुद्ध कसरी लड्ने ? सूचनाको तथ्य जाँच कसरी गर्ने ? तथ्य जाँच के हो ? तथ्य जाँचकै आधिकारीकता के हो ? कसरी विश्वास गर्ने ? प्रविधीको बढ्दो प्रयोगले थपिएका चूनौतीसँग कसरी सामना गर्ने ? लगायतका विषयमा तालिममा जानकारी गराईएको थियो । मिडिया र सूचना साक्षरता कसरी सम्भव छ ? लगायतका विषयमा तालिममा सहभागिहरुलाई जानकारी गराईएको थियो ।
तालिममा सहभागिहरुलाई सिएमआर नेपालका अध्यक्ष दिपक अर्यालले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण सँगै अध्यक्ष अर्यालले नेपाली समाज लहैलहैमा मात्रै विश्वासमा पर्ने भएकाले तथ्य सूचनाका लागि साक्षरता अभियान संचालन गर्नु पर्ने बताए । बागमती प्रदेशका राजनीतिक क्षेत्रमा कृयाशिल युवाहरु, सामाजिक क्षेत्रमा कृयाशिल युवाहरु र संचारकर्मी सहित २० जना तालिममा सहभागि थिए । तालिममा आईआरआईका प्रतिनिधि युवराज आचार्यले मिथ्या सूचना फैलन नदिन विभिन्न क्षेत्रका ब्यक्तिहरु सक्रिय हुनु पर्ने बताए । बरिष्ठ संचारकर्मीद्धय उज्ज्वल आचार्य र उमेश श्रेष्ठले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए भने संचारकर्मी भुवन केसी, चेतना कुँवर, सञ्जु सुवेदीले सहजीकरण गरेका थिए ।


