कुशादेवी प्रहरी विट एक वर्षदेखी प्रयोगबिहिन

पनौती नगरपालिका वडा नम्बर २ कुशादेवी बजारमा रहेको प्रहरी विट प्रयोगविहिन बनेको छ । करिव एक वर्षदेखी प्रहरीविटमा ट्राफिक प्रहरी बस्नै छाडेका स्थानीयले बताएका छन् । प्रहरी विटमा धुलैधुलो छ, वरिपरी सवारी पार्किङ हुन्छ, प्रहरी विट करिव एक वर्षदेखी बन्द छ, एकजना स्थानीयले बताए ।

प्रहरी बस्नै छाडेपछि बजार अस्तव्यस्त भएको छ । जथाभावी सवारी पार्किङ हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै बजार समेत अस्तव्यस्त देखिएको स्थानीय बताउँछन । प्रहरीको नियमित उपस्थिती नहुँदा तिव्र गतिमा सवारी चलाउने, अत्याधिक भार बोक्ने, कागजातविना सवारी साधन चलाउने, हेलमेट नलगाइ मोटरसाइकल चलाउनेको संख्या बढेको छ । प्रहरी नियमित बस्ने हो भने डरकै कारण पनि दुर्घटनाको जोखिम कम हुने स्थानीयको वुझाई छ । प्रहरीले चोरी, डकैती,जुवा–तास नियन्त्रण गर्न नसकेको समेत स्थानीयले गुनासो गरेका छन । प्रहरी बजारी क्षेत्रमा आउनै छाडेको समेत स्थानीय बताउँछन । प्रहरी विटमा ट्राफिक प्रहरी राख्नुपर्ने, नियमित सवारी चेकजाँच हुनुपर्ने, एकतर्फि सवारी साधन पार्किङ हुनुपर्ने स्थानीयको माग छ । प्रहरी विट सञ्चालन गर्ने बारे पनौती नगरपालिका कार्यालय, पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनिधि समेत मौन रहेको स्थानीयको आरोप छ । जनप्रतिनिधि समेत पछिल्लो समय टिपरले समेत चोरबाटोको रुपमा उक्त मार्ग प्रयोग गर्न थालेका छन् ।